मुक्तकः १ समय यो गतिशील छ रोकेर रोकिँदैन हिँड्छ आफ्नै गतिमा कसैलाई पर्खिंदैन सामदाम दण्डभेद जेजस्तो गरे पनि गएपछि गयो गयो केही गरी फर्किंदैन ! मुक्तकः २ घाटा नाफा हेरेर नै मलाई निराशा बनायौ खेल सम्झेर नाता शकुनिको पासा बनायौ टुट्यो सम्बन्ध तिम्रो धारिलो वचनले आज माइती चेलीको सम्बन्धलाई तमासा बनायौ – स्याङ्जा, हालः बेलायत