अचार पियाज

(गीत)

  घनबहादुर थापामगर  408 पटक हेरिएको

अचार पियाज
कसरी तिरूँ म मिटर बियाज

छोरा जन्म्यो छैटी गर्न अन्नपानी किन्न
साहुको घर धाउनुपर्छ ब्याजमा ऋण लिन
बढाइ पढाइ गरेपछि रोजगारीमा विदेश
नभएरै कलकारखाना खाली भयो स्वदेश
अचार पियाज
कसरी तिरूँ म मिटर बियाज

छोरी हुर्की बिहे गर्दा दाइजो दिनैपर्ने
छैन धन साहुको घर नगई कसो गर्ने
ब्याजैब्याजमा डुब्छ गरिब कहाँ फेरिन्छ चोला
मिटर ब्याज हटाउने कुन सरकारले होला
अचार पियाज
कसरी तिरूँ म मिटर बियाज

 

बेलायत

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार