विकटमा जन्मिएकी भएपनि पानकली भाग्यमानीहरूमध्येकी एक थिई । सायद ठकुरी परिवारमा जन्मिएकीले पनि हुन सक्छ, उसलाई खानलाउनको दुःख थिएन । विकट भनेर चिनिने कर्णालीको मुगु त्यैमाथि खत्याड गाउँपालिकाको रोल गाउँमा हुर्किएकी पानकली शाही उमेरले १६ पुग्दै थिई । गहुँगोरी, हिस्सी र गोरो अनुहारकी । सर्लक्क परेको जिउ, चट्ट...