दुई मुक्तक

  नानु राना थापा  437 पटक हेरिएको

 

मुक्तकः १

समय यो गतिशील छ रोकेर रोकिँदैन
हिँड्छ आफ्नै गतिमा कसैलाई पर्खिंदैन
सामदाम दण्डभेद जेजस्तो गरे पनि
गएपछि गयो गयो केही गरी फर्किंदैन !


मुक्तकः २

घाटा नाफा हेरेर नै मलाई निराशा बनायौ
खेल सम्झेर नाता शकुनिको पासा बनायौ
टुट्यो सम्बन्ध तिम्रो धारिलो वचनले आज
माइती चेलीको सम्बन्धलाई तमासा बनायौ

– स्याङ्जा, हालः बेलायत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार