तिम्रो मुस्कान तिम्रो हाँसो

(गीत)

  घन बहादुर थापा मगर  134 पटक हेरिएको

तिम्रो मुस्कान तिम्रो हाँसो नदेऊ अब कसैलाई
साँचिराख चोखो बाचा दियौ तिम्ले जसैलाई

नदेऊ भन्दा पीर पर्ला बन्धनमा पर्दिनँ म
हाँसो मुस्कान जे छन् मेरा अन्त कतै सर्दिनँ म
एक दिन दुई दिन गर्दागर्दै मुस्कान दिँदा कसैलाई
छोडिन्छ कि चोखो माया दिएकी छ्यौ जसैलाई

मान्छेको त्यो मनै त हो नौनीसरी पग्लिन्छ्यौ कि
बल्छी अनि जालैमा पो माछीजस्तै बल्झिन्छ्यौ कि
था’छ तिम्लाई टाढा छु म नदेऊ मुस्कान कसैलाई
मनमै राखी पर्खिबसे म भेट्ने छु चाँडै आई ।

क्याक्मी स्याङ्जा, हाल: बेलायत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार