• कुकुरको इन्कार

    एकाबिहानै मैले कुकुरलाई बोलाएर सदाझैँ एक चोक्टो मासु दिएँ ।   उसले त्यो चोक्टो खान मानेन ।   फेरि अनुरोध गरेँ इन्कार गर्दै भन्यो, 'म सर्वभक्षी होइनँ ।' अनि, मैले सोचेँ के कुकुरले मासु खान छोड्नु भनेको मान्छेभन्दा असल हुन खोज्नु हो ? ...

  • ‘विजयराज आचार्यका बालकृतिहरूको अध्ययन’ विमोचित

    ललितपुर । साहित्य परिषद् प्यूठानको नवौँ अधिवेशनको अवसरमा प्रमोद प्रधानद्वारा लिखित समालोचनात्मक कृति ‘विजयराज आचार्यका बालकृतिहरूको अध्ययन’ हालै प्यूठानको बिजुवारमा विमोचन गरिएको छ ।   साहित्य परिषद् प्यूठानका अध्यक्ष गेहराज थापाको अध्यक्षता र नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्रा. डा. गोपीन्द्र पौडेलको प्रम...

  • गीतकार घनबहादुर थापामगरको ‘छोड्दै थिएँ जन्मथलो’

    ललितपुर, वैशाख ११ गते । गीतकार दाजु घनबहादुर थापामगरको ‘छोड्दै थिएँ जन्मथलो...’ गीत वरिष्ठ सङ्गीतकार दिनेश सुब्बाको सङ्गीत र वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा हालै रेकर्ड भएको छ । कुनै सिर्जना यस्ता हुने रहेछन्, जो आफ्नाभन्दा पनि निकट र प्रिय बन्दा रहेछन् । गीतको वास्तविक रहस्य खोतल्दा बडो अनौठो मात्र होइन रोचक पनि ब...

  • फर्केर फेरि जाँदिनँ विदेश

    फर्केर फेरि जाँदिनँ विदेश आफ्नै देश छ प्यारो सुख र दुख फुलाउँछु यहीँ हटाउँदै अँध्यारो विदेश गई बेच्दिनँ श्रम यही देशमा बाँड्छु म समृद्ध नेपाल बनाई सबलाई चकित पार्छु म पहिलो पाइला टेकेको धर्ती यही हो देश मेरो सुख र दुख फुलाउँछु यहीँ हटाउँदै अँध्यारो बोक्दिनँ कहीँ पराईको ऋण सहेर अपमान नेपाली हामी हौँ स्वाभ...

  • ट्रेडमिल

      हिँड्ने गर्छु म सधैँ बिहान र साँझ या फुर्सद वा जाँगर चलेको बेला पाइलाहरू गनी गनीकन रहरहरू उमारी उमारी दुरी नापिरहन्छु हरदम लक्ष्य तानिरहन्छु आफूतिर हर स्पन्दनको गतिसितै मानौँ फुल्थ्यो हजार रङका प्रेमिल फूलहरू आकार लिन लाखौँ उमङ्गका सुनौला सपनाहरू उत्साहित हुन करोडौँ मनका आकाङ्क्षा र विश्वासहरू ...

  • गजल

    ब्वाँसाहरूको हालीमुहाली भएपछि सज्जन ठगिन्छन् नै दुष्ट दलाली भएपछि देशले काँचुली फेर्न सक्दैन कहिल्यै परिवर्तनका अगुवाहरू नै जाली भएपछि शकुनिहरू पनि सल्लाहकार हुन सक्छन् भीष्म, द्रोण र कृपको रखवाली भएपछि अर्जुनको दृष्टि किन अन्यत्र जान्थ्यो र अगाडि वरमालामा पाञ्चाली भएपछि चण्डमुण्डहरू पनि पाखा लाग्ने...

  • झोला भिरेर

      ठूला सरलाई भेटिन्छ अफिस छिरेर स्कुल गइन्छ नयाँ साल झोला भिरेर साथीसँग मिलेर खाजा खाइन्छ खाजा खाइसकेर खेल्न पाइन्छ किताब किन्न पर्दैन पैसा तिरेर स्कुल गइन्छ नयाँ साल झोला भिरेर मिलिजुली सँगसँगै हाँस्दै रमाउँदै जाऔँ साथी स्कुलमा हात समाउँदै किन बस्ने घरमा यसै पिरेर स्कुल गइन्छ नयाँ साल झोला भिरेर...

  • गजल

    ओइलिझर्ने फूलको कुरा नगरेकै जाती हुन्छ दोहोरिने त्यो भूलको कुरा नगरेकै जाती हुन्छ काकाकुलजस्तै भएर हिँड्दै छन् बटुवाहरू सुकेर जाने मूलको कुरा नगरेकै जाती हुन्छ बाढीहरू बढेका छन् चारैतिर बेहिसाबसँग भत्किई जाने पुलको कुरा नगरेकै जाती हुन्छ खोजिरहेछ समयले देश बोक्ने मान्छे अचेल हुतिहारा ती हुलको कुरा नगरेकै...

  • ‘पहराको फूल’को सुबास

    पोखराको साहित्यिक बजारमा केही महिनाअगाडि मात्रै लिली अधिकारीको कविता सङ्ग्रह ‘पहराको फूल’ फुलेर सुवासित छ । यतिखेर वासन्ती वागको मोहकसँगै पहराको फूलको सुगन्ध मिसिएर मन मुग्ध बनाएको छ । केही समयअगाडिदेखि लिलीका फुटकर कविता पढ्दै आइरहेकी थिएँ । अहिले सङ्ग्रहको रुपमा आउन सफल भएको छ । समय पनि विकट पहरामा फुल्ने फूलजत्तिकै ...

  • मेरो दिलको सङ्घारमा

      पीर जम्मै निख्रिएर खुसी मात्र बस्यो मेरो दिलको सङ्घारमा जब कोही पस्यो कल्ले लग्यो यो मनको दुःख पोको पारी हाँस्न पाएँ बल्ल आज वेदनालाई सारी पीरले खस्ने आँसु आज हर्षाश्रु भई खस्यो मेरो दिलको सङ्घारमा जब कोही पस्यो हिजोसम्म छटपटीले छाती मडारिन्थ्यो दुःखजति यतै बस्थे सुख बढारिन्थ्यो न त रुनुपर्यो आज...