फर्केर फेरि जाँदिनँ विदेश

(गीत)

  डी. आर.  294 पटक हेरिएको

फर्केर फेरि जाँदिनँ विदेश आफ्नै देश छ प्यारो
सुख र दुख फुलाउँछु यहीँ हटाउँदै अँध्यारो

विदेश गई बेच्दिनँ श्रम यही देशमा बाँड्छु म
समृद्ध नेपाल बनाई सबलाई चकित पार्छु म
पहिलो पाइला टेकेको धर्ती यही हो देश मेरो
सुख र दुख फुलाउँछु यहीँ हटाउँदै अँध्यारो

बोक्दिनँ कहीँ पराईको ऋण सहेर अपमान
नेपाली हामी हौँ स्वाभिमानी यही हाम्रो पहिचान
यो जन्मभूमि यही मातृभूमि स्वार्गझैँ छ प्यारो
सुख र दुख फुलाउँछु यहीँ हटाउँदै अँध्यारो

इलाम, हालः काठमाडौँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार