कुकुरको इन्कार

(कविता)

  चेतनाथ धमला  385 पटक हेरिएको

एकाबिहानै
मैले कुकुरलाई बोलाएर
सदाझैँ
एक चोक्टो मासु दिएँ ।
 
उसले
त्यो चोक्टो खान मानेन ।
 
फेरि अनुरोध गरेँ
इन्कार गर्दै भन्यो,
‘म सर्वभक्षी होइनँ ।’
अनि,
मैले सोचेँ
के कुकुरले मासु खान छोड्नु भनेको
मान्छेभन्दा असल हुन खोज्नु हो ?


ओखलढुङ्गा, हाल: काठमाडौँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार