सुनाउनु छ प्यूठानको कथा कटेर भालुबाङ उक्लेर बडडाँडा झर्दै ओरालो माडीको तीरैतीर टेकेर चेरनेटा पुगेर झिमरुकफाँट र, उक्लेर मल्लरानी ! कथा सुन्नलाई ठिङ्ग उभिन्छ बडडाँडा माडी निरन्तर सुसाइरहेछ पार्टीका दस्ताबेजहरू घाँटीमा भिरेर सडकछेउका धुलाम्य रुखहरू आँखा चिम्लँदै कानेखुसी गरि...
काव्य
-
-
सडेर गलिजा !
महादेव आफ्नै मन्दिर दर्शन गर्न एक दिन झरेछन् कैलाशबाट काठमाडौँ र, पसेछन् सिधै पसुपतिनाथ, पस्नुअघि बाटैभरि देखेछन् गुट्का र खैनीका प्याकेटैप्याकेट र, भेटेछन् प्लास्टिक झोलामा फूलप्रसाद बोकेका भक्तजनहरू । मेनगेटबाट पस्नसाथ भित्र देखेनछन् नन्दी र, आश्चार्यमा पर्दै सोचेछन् चर्न कतै गएहोला । भक्तजनले फूल अक्षता ...
-
जन्म नेपाल देश हजुर
जन्म नेपाल देश हजुर मरण नेपाल देश प्यारो लाग्छ आफ्नो भाषा आफ्नै देश बेस जहाँ जाऊँ जेजे होऊँ मातापिता जून ढुकढुकीमा हुन्छन् सधैँ बाँसुरीमा धून बर्मा जाँदा कर्मसँगै शिरमाथि केश जन्म नेपाल देश हजुर मरण नेपाल देश हिमालचुली मुस्कुराउँछन् महानतामा खुली कतै बस्न सकिँदैन अस्तित्वलाई भुली सुखदुःख आँसुहाँसो मनमा ...
-
साउनको रूप
देख्छु चेलीहरूका कोमल हातहरूमा रङहरूको उत्सव सोमबारे व्रत बसेकी बहिनीको चेहरामा प्यासी चमक र, सुन्छु सुन्दर नाडीहरूमा रङ्गीन चुराहरूको सुमधुर सरगम । देख्छु कोलो पहराको काखीबाट सुबास छरिरहेको कुकुम धर्ती चिरेर हलहलाएको तामा र, सुन्छु मकैबारीमा तीर्थाबासीको रोदन । देख्छु भञ्ज्याङका पत्रहरूमा रातो च...
-
आमाको माया
क क न न भनेर मीठो बोल्न सिकाउँछिन् हात समाई विस्तारै ताते ताते गराउँछिन् मलाई मेरी आमाले अघिअघि बढाउँछिन् ममताकी खानीको सधैँ पाउ पर्छु म मेरी आमा तिमीलाई धेरै माया गर्छु म ! तारा बाजी भनेर गीत गाउन सिकाउँछिन् फुकाएर पुस्तक क ख ग घ पढाउँछिन् मलाई गुरुआमाले अघि अघि बढाउँछिन् अक्षरका बीउ यी पानाभरि छर्छु म गु...
-
कुकुरको इन्कार
एकाबिहानै मैले कुकुरलाई बोलाएर सदाझैँ एक चोक्टो मासु दिएँ । उसले त्यो चोक्टो खान मानेन । फेरि अनुरोध गरेँ इन्कार गर्दै भन्यो, 'म सर्वभक्षी होइनँ ।' अनि, मैले सोचेँ के कुकुरले मासु खान छोड्नु भनेको मान्छेभन्दा असल हुन खोज्नु हो ? ...
-
फर्केर फेरि जाँदिनँ विदेश
फर्केर फेरि जाँदिनँ विदेश आफ्नै देश छ प्यारो सुख र दुख फुलाउँछु यहीँ हटाउँदै अँध्यारो विदेश गई बेच्दिनँ श्रम यही देशमा बाँड्छु म समृद्ध नेपाल बनाई सबलाई चकित पार्छु म पहिलो पाइला टेकेको धर्ती यही हो देश मेरो सुख र दुख फुलाउँछु यहीँ हटाउँदै अँध्यारो बोक्दिनँ कहीँ पराईको ऋण सहेर अपमान नेपाली हामी हौँ स्वाभ...
-
ट्रेडमिल
हिँड्ने गर्छु म सधैँ बिहान र साँझ या फुर्सद वा जाँगर चलेको बेला पाइलाहरू गनी गनीकन रहरहरू उमारी उमारी दुरी नापिरहन्छु हरदम लक्ष्य तानिरहन्छु आफूतिर हर स्पन्दनको गतिसितै मानौँ फुल्थ्यो हजार रङका प्रेमिल फूलहरू आकार लिन लाखौँ उमङ्गका सुनौला सपनाहरू उत्साहित हुन करोडौँ मनका आकाङ्क्षा र विश्वासहरू ...
-
गजल
ब्वाँसाहरूको हालीमुहाली भएपछि सज्जन ठगिन्छन् नै दुष्ट दलाली भएपछि देशले काँचुली फेर्न सक्दैन कहिल्यै परिवर्तनका अगुवाहरू नै जाली भएपछि शकुनिहरू पनि सल्लाहकार हुन सक्छन् भीष्म, द्रोण र कृपको रखवाली भएपछि अर्जुनको दृष्टि किन अन्यत्र जान्थ्यो र अगाडि वरमालामा पाञ्चाली भएपछि चण्डमुण्डहरू पनि पाखा लाग्ने...
-
झोला भिरेर
ठूला सरलाई भेटिन्छ अफिस छिरेर स्कुल गइन्छ नयाँ साल झोला भिरेर साथीसँग मिलेर खाजा खाइन्छ खाजा खाइसकेर खेल्न पाइन्छ किताब किन्न पर्दैन पैसा तिरेर स्कुल गइन्छ नयाँ साल झोला भिरेर मिलिजुली सँगसँगै हाँस्दै रमाउँदै जाऔँ साथी स्कुलमा हात समाउँदै किन बस्ने घरमा यसै पिरेर स्कुल गइन्छ नयाँ साल झोला भिरेर...