जन्म नेपाल देश हजुर

गीत

  रामेश्वर राउत ‘मातृदास’  187 पटक हेरिएको

जन्म नेपाल देश हजुर मरण नेपाल देश
प्यारो लाग्छ आफ्नो भाषा आफ्नै देश बेस

जहाँ जाऊँ जेजे होऊँ मातापिता जून
ढुकढुकीमा हुन्छन् सधैँ बाँसुरीमा धून
बर्मा जाँदा कर्मसँगै शिरमाथि केश
जन्म नेपाल देश हजुर मरण नेपाल देश

हिमालचुली मुस्कुराउँछन् महानतामा खुली
कतै बस्न सकिँदैन अस्तित्वलाई भुली
सुखदुःख आँसुहाँसो मनमा हुन्छ ठेस
जन्म नेपाल देश हजुर मरण नेपाल देश

 

काठमाडौँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार