लगाउनु छ मल्हम दीनदुःखी र रोगीहरूको पीडामा
यही हो ठूलो धर्म दुख्नु छ जोगीहरूको पीडामा
मन्दिर, मस्जिद, गुम्बा र चर्चका भगवान् एउटै हुन्
त्यसैले त कोही दियो बाल्छन् ढोगीहरूको पीडामा
विश्वास गर्दैन कोही हत्याहिंसा र कुरीतिहरूमा
तर पनि मान्छे नै बल्झिन्छ भोगीहरूको पीडामा
भोक, रोग र दुःखमा पनि रमाउन खोज्छ मान्छे
त्यसैले त बिहानी झुल्किन्छ सोगीहरू पीडामा
ताप्लेजुङ, हाल: हङकङ