अचार पियाज कसरी तिरूँ म मिटर बियाज छोरा जन्म्यो छैटी गर्न अन्नपानी किन्न साहुको घर धाउनुपर्छ ब्याजमा ऋण लिन बढाइ पढाइ गरेपछि रोजगारीमा विदेश नभएरै कलकारखाना खाली भयो स्वदेश अचार पियाज कसरी तिरूँ म मिटर बियाज छोरी हुर्की बिहे गर्दा दाइजो दिनैपर्ने छैन धन साहुको घर नगई कसो गर्ने ब्याजैब्याजमा डुब्छ गरिब...
काव्य
-
-
आमा
‘आमा’ आत्मा हो सदा अमरत्न । आमा परमार्थतत्व हो आ....मा....., आनन्दमय स्वर्गानुभूति ! आमा तरल हो पग्लिन्छिन् बेला बेला बनेर ममता हर्षाश्रु, नयन बन्द गरी महसुस गरेर हेरौँ त, बग्दै बग्दै, दुई नयनको चोभारलाई उछिनेर समतल भिरालो गालालाई स्पर्श गर्दै सुमसुमाउँदै चुम्दै ओर्लिन्छिन् अक्करे भीर घाँटीतिर अन...
-
सुखको खोजी
जीवनको दूर क्षितिजमा झुल्किदियौ सुख आशाका लाखौँ सपना र सम्भावना बोकेर म जन्मेदेखि तिम्रै खोजीमा अनवरत कुदिरहेँ म्याराथुनको धावनमार्ग बनाएर जीवनलाई, तिम्रो पिछामा लाग्दा लाग्दै अनेकौँ भौतिक वस्तुलाई रोज्नपुगेँ तिम्रो साथ पाउन मैले के मात्रै गरिनँ हुँला बिहान उठेदेखि ननिदाउँदासम्म तिमीलाई पाउन भनी यत्रतत्र भौता...
-
चिनारी
नेपाल र नेपालीको चिनारी हो भाषा जगेर्ना र सिर्जनाले बनाउनु छ खासा, भावनाको माला बुन्दै हिँड्छौँ अनेसास जगाउन नेपालीको ओसिएको आशा । विश्वकै हो शिरको टोपी मेरो सगरमाथा गोर्खालीले चिनाएको वीरताको गाथा, बहुभाषी बहुजाति पुण्यभूमि नेपाल थरीथरी परम्परा संस्कृतिले विशाल । पहाड पर्वत हिमाल अनि तराई र मधेश प्रकृति...
-
देश मरेको इतिहास कोर्दै छु
म कुरूप छु म यतिबेला बेरङ छु चाख्दा स्वाद नआउने स्वाद बनेको छु म यतिबेला घायल छु कसैको आँखाअघि एउटा कहानी बनेको छु कथा बन्दै छु, एउटा इतिहास बनिसकेको छु म कति सुन्दर थिएँ कति शान्त थिएँ अनि थिएँ कति विशाल तिमीले कहिल्यै सोध्यौ रस्किनको दुखाइ ? अलमाको पीडा ? बमगोला, मिसाइलले चरचर चर्किएको मेरो पवित्र भू...
-
गजल
लगाउनु छ मल्हम दीनदुःखी र रोगीहरूको पीडामा यही हो ठूलो धर्म दुख्नु छ जोगीहरूको पीडामा मन्दिर, मस्जिद, गुम्बा र चर्चका भगवान् एउटै हुन् त्यसैले त कोही दियो बाल्छन् ढोगीहरूको पीडामा विश्वास गर्दैन कोही हत्याहिंसा र कुरीतिहरूमा तर पनि मान्छे नै बल्झिन्छ भोगीहरूको पीडामा भोक, रोग र दुःखमा पनि रमाउन खोज्छ मा...
-
क्यारमबोर्ड
रानी खानुभन्दा पहिले सानी खानुपर्छ कालो सेतो गोटी पहिले मार्नुपर्छ, प्वालमा पसाल्न पाउडर छर्केर भएपनि गोटीलाई एम्बसमा पार्नुपर्छ, सपना बुनेर सुतेकालाई ब्युँझाउन तातो थाप्ने छाती ढाल बनाएझैँ, रातमा होमवर्क गर्न कलम समाएको हात मसाल जुलुसको राँको दन्काएझैँ असारे गर्न हिँडेको हलीलाई बन्दुक थमाएझैँ रानी खानुभन्दा...
-
तिम्रो मुस्कान तिम्रो हाँसो
तिम्रो मुस्कान तिम्रो हाँसो नदेऊ अब कसैलाई साँचिराख चोखो बाचा दियौ तिम्ले जसैलाई नदेऊ भन्दा पीर पर्ला बन्धनमा पर्दिनँ म हाँसो मुस्कान जे छन् मेरा अन्त कतै सर्दिनँ म एक दिन दुई दिन गर्दागर्दै मुस्कान दिँदा कसैलाई छोडिन्छ कि चोखो माया दिएकी छ्यौ जसैलाई मान्छेको त्यो मनै त हो नौनीसरी पग्लिन्छ्यौ कि बल्छी अनि ...
-
कसम हामी यो देशलाई
कसम हामी यो देशलाई अघि बढाउँछौँ देशका लागि विश्वसामु रगत बगाउँछौँ वीर गोर्खाली हामी अनि विश्वविजेता युद्धजति सधैँ जित्ने हाम्रो विशेषता वैरी भेटे खुकुरीले शिर छिनाउँछौँ देशका लागि विश्वसामु रगत बगाउँछौँ गर्भबाटै सिकेका हौँ कला युद्धको शान्ति चाहे यही भूमिमा ज्ञान छ बुद्धको विश्वलाई युद्ध शान्ति हामी सिकाउ...
-
दुई मुक्तक
मुक्तकः १ समय यो गतिशील छ रोकेर रोकिँदैन हिँड्छ आफ्नै गतिमा कसैलाई पर्खिंदैन सामदाम दण्डभेद जेजस्तो गरे पनि गएपछि गयो गयो केही गरी फर्किंदैन ! मुक्तकः २ घाटा नाफा हेरेर नै मलाई निराशा बनायौ खेल सम्झेर नाता शकुनिको पासा बनायौ टुट्यो सम्बन्ध तिम्रो धारिलो वचनले आज माइती चेलीको सम्बन्धलाई तमास...