कसम हामी यो देशलाई

(गीत)

  विशु सम  243 पटक हेरिएको

कसम हामी यो देशलाई अघि बढाउँछौँ
देशका लागि विश्वसामु रगत बगाउँछौँ

वीर गोर्खाली हामी अनि विश्वविजेता
युद्धजति सधैँ जित्ने हाम्रो विशेषता
वैरी भेटे खुकुरीले शिर छिनाउँछौँ
देशका लागि विश्वसामु रगत बगाउँछौँ

गर्भबाटै सिकेका हौँ कला युद्धको
शान्ति चाहे यही भूमिमा ज्ञान छ बुद्धको
विश्वलाई युद्ध शान्ति हामी सिकाउँछौँ
परिआए विश्वसामु रगत बगाउँछौँ

- घान्द्रुक कास्की, हाल: हङकङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार