surprabhapost -

साहित्यकार विजय हितानलाई दुई लाखको अरनिको पुरस्कार प्रदान

ललितपुर, प्रसिद्ध साहित्यकार विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’लाई गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिद्वारा स्थापित दुई लाख राशीको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७९’ हालै प्रदान गरिएको छ । यो पुरस्कार विदेशमा कार्यरत नेपाली साहित्यकारहरूद्वारा सिर्जित उत्कृष्ट कृतिलाई वार्षिक रूपमा प्रदान गरिँदै आएको छ । काठमाडौँ धुम्बाराहीस्थित रामदा होटलको एक हलमा हालै आय...

सुम्निमाको नोस्टाल्जिया, रोमान्स र आशाको म्युजिक भिडियो

ललितपुर । नोस्टाल्जिया, रोमान्स र आशाको विषय बोकेर गायिका सुम्निमा हालै ‘झरी’ गीतको म्युजिक भिडियोबाट बजारमा आएकी छन् । साङ्गीतिक बजारमा बौद्धिक गायिका भनेर नाम बनाएकी सुम्निमाको ‘झरी’ गीतले खुसी र उदासीको विषयलाई समेटेको छ । प्रेमी र प्रेमिकाबीच चोखो माया बस्छ । उस्तै उमे...

गीतकार विशु समको परदेशी भूमि विमोचित

गीतकार विशु समको गीतसङ्ग्रह ‘परदेशी भूमि’ हालै घान्द्रुक समाज हङकङको आयोजनामा हङकङस्थित हिन्सको कार्यालय याउ मा तेईमा विमोचन गरिएको छ । विगत केही दशकदेखि गीतलेखनमा लागेका विशु समको परदेशी भूमि गीतसङ्ग्रहको विमोचन कार्यक्रमलाई आयोजक घान्द्रुक समाज हङकङका अध्यक्ष आशा गुरुङले सभापतित्व गरेकी थिइन् भने साहित्यकार तथा गीतकार टङ्क सङ्बाहाम्फेले प्रमुख अतिथिको आतिथ्य ग्रहण गरेका थिए । विमोचित कृतिको समीक्षा गीतकार तथ...

सङ्गीतको चर्को बजारभन्दा बाहिरका प्रभावशाली सङ्गीतकार प्रदीप क्षेत्री

त्यतिबेला म साहित्यकार र कलाकारहरूको जीवनका विविध पक्षका बारेमा लेखहरू लेख्थेँ र पत्रपत्रिकाहरूमा प्रकाशन हुन्थे । त्यसैक्रममा सुप्रसिद्ध गायक कुमार सुब्बा दार्जिलिङबाट काठमाडौँ आउनुभएको खबर सुनेँ । म उहाँलाई भेट्न पुतलीसडकस्थित प्रवेश बान्तवाको वासस्थानमा पुगेँ र कुमार सुब्बासँग लामै समय कुराकानी गरेँ । हिँड्ने बेलामा उहाँको नाम लेखेर मेरो गीतसङ्ग्रह ‘भीरफूलको छाया’ उहाँलाई दिएँ । उहाँले अरू केही प्रति किताब लगे...

साब्लाबुङ पुस्तकालय अभियानद्वारा जिरी सामुदायिक पुस्तकालयलाई पुस्तकहरू प्रदान

ललितपुर । साब्लाबुङ पुस्तकालय अभियान काठमाडौँद्वारा हालै दोलखाको जिरीस्थित जिरी सामुदायिक पुस्तकालयलाई पुस्तकहरू प्रदान गरिएको छ । सो पुस्तकहरू ग्रहण गर्न जिरी माविका पूर्व प्रधानाध्यापक तथा सोही विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टेकबहादुर जिरेल काठमाडौँमा आएका थिए । यस पुस्तकालय अभियानका अध्यक्ष साहित्यकार राजकुमार राईले काठमाडौँमै करिब १ लाख मूल्य बराबारका पठनीय पुस्तकहरू जिरेललाई प्रदान गरेका थिए । ...