• गजल

    ओइलिझर्ने फूलको कुरा नगरेकै जाती हुन्छ दोहोरिने त्यो भूलको कुरा नगरेकै जाती हुन्छ काकाकुलजस्तै भएर हिँड्दै छन् बटुवाहरू सुकेर जाने मूलको कुरा नगरेकै जाती हुन्छ बाढीहरू बढेका छन् चारैतिर बेहिसाबसँग भत्किई जाने पुलको कुरा नगरेकै जाती हुन्छ खोजिरहेछ समयले देश बोक्ने मान्छे अचेल हुतिहारा ती हुलको कुरा नगरेकै...

  • मेरो दिलको सङ्घारमा

      पीर जम्मै निख्रिएर खुसी मात्र बस्यो मेरो दिलको सङ्घारमा जब कोही पस्यो कल्ले लग्यो यो मनको दुःख पोको पारी हाँस्न पाएँ बल्ल आज वेदनालाई सारी पीरले खस्ने आँसु आज हर्षाश्रु भई खस्यो मेरो दिलको सङ्घारमा जब कोही पस्यो हिजोसम्म छटपटीले छाती मडारिन्थ्यो दुःखजति यतै बस्थे सुख बढारिन्थ्यो न त रुनुपर्यो आज...

  • गीत

      कहिले मन पराएछु कुन्नि थाहा भएन त्यता मन अल्झिएछ अन्त चाह भएन नझुकेका मेरा नजर तिम्रो छेउमा झुक्छ धेरै माया दिएछौ कि यो मन त्यतै पुग्छ कहिले दिल साटेछु खै कुन्नि थाहा भएन त्यता मन अल्झिएछ अन्त चाह भएन खै के कुरा भन्न लाग्छ ती ओठ कमाइरा’छ यस्तै बेला धरोधर्म यो मन रामाइरा’छ कहिले आँखा जुधाएछु कुन्...

  • गीत

    तिम्रो यादको तिर्सनाले मुटु मेरो छोयो बादलुले मुख छोपी जून पनि रोयो यादैयादमा अल्झिएर एउटा चिठी लेख्छु विपनीमा छेकिए नि सपनीमा देख्छु फूलैफूलको थुँगाले नि काँडले झैँ छोयो बादलुले मुख छोपी जून पनि रोयो क्षणभरमै टुटिजाने कस्तो माया बस्यो अनायासै आँखाबाट खुसीको फूल खस्यो एक्लै बस्दा एकान्तमा वेदनाले छोयो बा...

  • पुग्नु छ निस्तेज गाउँ

    हिँड न साथी हिँड पुग्नु छ एकपटक छातीभरी भिरफूल फूलाएर उभेको प्रिय पहाडको छानोमुनि दियो पर्खिबसेको निस्तेज गाउँ । बादलका पहाडहरू चिर्दै–चिर्दै गुँड छोडेर उडेका चराहरूले भेटे कि भेटेनन् न्यायसागर खर्चेर नव यौवनको पसिना रोपेर मुटुमा देशको असीम प्रेम पत्थरमा सुन्दर फूल फुलाउनेहरूको फूल्यो कि फूलेन– जिन्दगी ...