मेरो दिलको सङ्घारमा

(गीत)

  रमेशचन्द्र घिमिरे  218 पटक हेरिएको

 

पीर जम्मै निख्रिएर खुसी मात्र बस्यो
मेरो दिलको सङ्घारमा जब कोही पस्यो

कल्ले लग्यो यो मनको दुःख पोको पारी
हाँस्न पाएँ बल्ल आज वेदनालाई सारी
पीरले खस्ने आँसु आज हर्षाश्रु भई खस्यो
मेरो दिलको सङ्घारमा जब कोही पस्यो

हिजोसम्म छटपटीले छाती मडारिन्थ्यो
दुःखजति यतै बस्थे सुख बढारिन्थ्यो
न त रुनुपर्यो आज न चिन्ताले डस्यो
मेरो दिलको सङ्घारमा जब कोही पस्यो

– भोर्लेटार, लमजुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार