गीत

  तुलसी बस्नेत  364 पटक हेरिएको

 

कहिले मन पराएछु कुन्नि थाहा भएन
त्यता मन अल्झिएछ अन्त चाह भएन

नझुकेका मेरा नजर तिम्रो छेउमा झुक्छ
धेरै माया दिएछौ कि यो मन त्यतै पुग्छ
कहिले दिल साटेछु खै कुन्नि थाहा भएन
त्यता मन अल्झिएछ अन्त चाह भएन

खै के कुरा भन्न लाग्छ ती ओठ कमाइरा’छ
यस्तै बेला धरोधर्म यो मन रामाइरा’छ
कहिले आँखा जुधाएछु कुन्नि थाहा भएन
त्यता मन अल्झिएछ अन्त चाह भएन !

– इलाम, हालः काठमाडौँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार