गीत

  सरस्वती श्रेष्ठ ‘सरू’  469 पटक हेरिएको

तिम्रो यादको तिर्सनाले मुटु मेरो छोयो
बादलुले मुख छोपी जून पनि रोयो

यादैयादमा अल्झिएर एउटा चिठी लेख्छु
विपनीमा छेकिए नि सपनीमा देख्छु
फूलैफूलको थुँगाले नि काँडले झैँ छोयो
बादलुले मुख छोपी जून पनि रोयो

क्षणभरमै टुटिजाने कस्तो माया बस्यो
अनायासै आँखाबाट खुसीको फूल खस्यो
एक्लै बस्दा एकान्तमा वेदनाले छोयो
बादलुले मुख छोपी जून पनि रोयो

– पोखरा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार