तिम्रो यादको तिर्सनाले मुटु मेरो छोयो बादलुले मुख छोपी जून पनि रोयो यादैयादमा अल्झिएर एउटा चिठी लेख्छु विपनीमा छेकिए नि सपनीमा देख्छु फूलैफूलको थुँगाले नि काँडले झैँ छोयो बादलुले मुख छोपी जून पनि रोयो क्षणभरमै टुटिजाने कस्तो माया बस्यो अनायासै आँखाबाट खुसीको फूल खस्यो एक्लै बस्दा एकान्तमा वेदनाले छोयो बादलुले मुख छोपी जून पनि रोयो – पोखरा