गजल

  टीकाराम उदासी  644 पटक हेरिएको

ओइलिझर्ने फूलको कुरा नगरेकै जाती हुन्छ
दोहोरिने त्यो भूलको कुरा नगरेकै जाती हुन्छ

काकाकुलजस्तै भएर हिँड्दै छन् बटुवाहरू
सुकेर जाने मूलको कुरा नगरेकै जाती हुन्छ

बाढीहरू बढेका छन् चारैतिर बेहिसाबसँग
भत्किई जाने पुलको कुरा नगरेकै जाती हुन्छ

खोजिरहेछ समयले देश बोक्ने मान्छे अचेल
हुतिहारा ती हुलको कुरा नगरेकै जाती हुन्छ

आमाको लाज ढाक्न त चाहिन्छ सिङ्गै वस्त्र
टुक्राटुक्रा यी तुलको कुरा नगरेकै जाती हुन्छ

– घोराही, दाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार