कहिले मन पराएछु कुन्नि थाहा भएन त्यता मन अल्झिएछ अन्त चाह भएन नझुकेका मेरा नजर तिम्रो छेउमा झुक्छ धेरै माया दिएछौ कि यो मन त्यतै पुग्छ कहिले दिल साटेछु खै कुन्नि थाहा भएन त्यता मन अल्झिएछ अन्त चाह भएन खै के कुरा भन्न लाग्छ ती ओठ कमाइरा’छ यस्तै बेला धरोधर्म यो मन रामाइरा’छ कहिले आँखा जुधाएछु कुन्नि थाहा भएन त्यता मन अल्झिएछ अन्त चाह भएन ! – इलाम, हालः काठमाडौँ