झोला भिरेर

(बालकविता)

  रमेशचन्द्र घिमिरे  741 पटक हेरिएको

 

ठूला सरलाई भेटिन्छ अफिस छिरेर
स्कुल गइन्छ नयाँ साल झोला भिरेर

साथीसँग मिलेर खाजा खाइन्छ
खाजा खाइसकेर खेल्न पाइन्छ
किताब किन्न पर्दैन पैसा तिरेर
स्कुल गइन्छ नयाँ साल झोला भिरेर

मिलिजुली सँगसँगै हाँस्दै रमाउँदै
जाऔँ साथी स्कुलमा हात समाउँदै
किन बस्ने घरमा यसै पिरेर
स्कुल गइन्छ नयाँ साल झोला भिरेर ।

 – भोर्लेटार, लमजुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार