क्याप्टेन नारायणप्रसाद राईको लाहुरे विमोचित

  सुरप्रभापोस्ट सम्वाददाता  334 पटक हेरिएको

ललितपुर । क्याप्टेन नारायणप्रसाद राईको संस्मरणकृति ‘लाहुरे’लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हालै काठमाडौँमा विमोचन गरेका छन् । विमोचित कृतिको समीक्षा प्रा. डा. सुरेन्द्र केसीले गरेका थिए ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीलेको सभापतित्वमा आयोजित यस कार्यक्रमका प्रमुख अतिथि मन्त्री सुदन किराँतीले कार्यक्रलाई सम्बोधन गर्दै मानवजीवनको तीन आविष्कार आगो, खेती र अक्षर भएको र विश्वभरिबाट वर्षमा ४० लाख विभिन्न पुस्तकहरू छापिने गरेको तथ्याङ्क दिए । यसै तथ्याङ्कभित्र परेको लेखक राईको लाहुरे पुस्तकले आफ्नै महत्व राख्ने कुरा पनि मन्त्री राइले बताए । कृतिका समीक्षक प्रा. डा. सुरेन्द्र केसीले तत्कालीन ब्रिटिस सरकारबाट सुरू गरिएको लाहुरे संस्कृतिले हालसम्म निरन्तरता पाएको कुरा प्रस्ट्याउँदै वर्तमानमा नेपालीहरू रसिया र युक्रेन दुवै देशको सोनामा पुगी नेपाली नेपालीबीच युद्ध हुने अवस्था आएको कुरा बताए ।

पुस्तकका सम्पादक जीवनकुमार राई ‘चिन्तन’ले पहिलो र दोस्रो विश्वयुद्धमा ब्रिटिस सरकारले गोर्खाली सेनालाई भरपुर प्रयोग गरेको कुरा बताए । त्यस समयदेखि नै ब्रिटिश र नेपाल सकारबीच राम्रो सम्बन्ध रहेको कुरा पनि बताए । पुस्तकका लेखक क्याप्टेन नारायणप्रसाद राईले आफूले पढेर भन्दा पनि परेर जानेका यथार्थ कुराहरूलाई यस कृतिमा समावेश गरेको कुरा राखे । कार्यक्रमका सभापति राधेश्याम लेकालीले ब्रिटिस सरकारले गोर्खाली सेनामा नयाँ भर्नामा समानता ल्याउन खोजे पनि पुरानालाई भेदभावको व्यवहार गरेको बताए ।

साहित्यिक पत्रकार सङ्घकी सदस्य डा. शान्तिमाया गिरीले लेखकको संक्षिप्त परिचय दिँदै स्वागत मन्तव्य राखेकी थिइन् भने लेखक राईका मित्र मेजर भुवनसिंह लिम्बूले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन प्रमिला राईले गरेकी थिइन् । यस पुस्तकलाई साहित्यिक पत्रकार सङ्घले प्रकाशन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार