इशा सुवेदीले गाइन् एकै दिनमा दुई गीत

  सुरप्रभा पोस्ट सम्वाददाता  1513 पटक हेरिएको

नेपाल आइडल सिजन पाँचको टप सेभेनसम्म पुगेकी इशा सुवेदीले एकै दिनमा दुईवटा गीत गाएकी छन् ।

आफ्नो प्रतिभालाई साधनाबाट तिर्खादै आएकी इशा सुवेदी नेपाली सङ्गीतमा राम्रोसँग जम्ने लक्षणका साथ आफूलाई प्रस्तुत गर्दै छिन् । उनले हालै भूपेन्द्र न्यौपानेको रचना र पदम थापामगर सङ्गीतमा रहेको नबोलेरै लुकी लुकी बोलको आधुनिक र पप फ्युजन गीत गाएकी छन् भने सोही दिन  तीजको एक गीतमा पनि स्वर दिएकी छन् । यी गीत चाँडै सार्वजनिक गरेर नेपाली गीतका स्रोता एवम् दर्शकहरुसामु आउने कुरा पनि सुवेदीले बताएकी छन् ।

गायिका सुवेदीले अन्य गीतहरु पनि रेकर्डका लागि तयारी गर्दै गरेको प्रतिक्रिया दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार