ललितपुर । नेपाल बालसाहित्य समाजको २८ औँ वार्षिक सम्मेलन आगामी मङ्सिरको दोस्रो साता प्यूठानमा आयोजना गरिने भएको छ ।
नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यको उपस्थितिमा हालै जनता माध्यमिक विद्यालय प्यूठानमा आयोजित सरोकारवाला संस्थाहरूको बैठकले नेपाल बालसाहित्य समाजको सो वार्षिक सम्मेलन जनता माध्यमिक विद्यालय प्यूठानमै आयोजना गर्ने निर्णय गरेको हो । बैठकमा साहित्य परिषद् प्यूठानका निवर्तमान अध्यक्ष गेहराज थापा, राप्ती साहित्य परिषद् प्यूठानका अध्यक्ष विमला खनाल, जनता माध्यमिक विद्यालय बाग्दुलाका सहायक प्रधानाध्यापक केशवराज पण्डित, उद्योग वाणिज्य सङ्घ प्यूठानका महासचिव सन्देश आचार्य, नेपाल पत्रकार महासङ्घ प्यूठान शाखाका अध्यक्ष सञ्जय रिजाल, जेष्ठ नागरिक जिल्ला सङ्घ प्यूठानका अध्यक्ष गेहराज शर्मा र कालिका विकास केन्द्रका कार्यक्रम संयोजक सरोज श्रेष्ठको उपस्थिति रहेको थियो । सो बैठकले साहित्य परिषद् प्यूठान, राप्ती साहित्य परिषद् प्यूठान शाखा, प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका, जनता मावि बाग्दुला, उद्योग वाणिज्य सङ्घ प्यूठान, नेपाल पत्रकार महासङ्घ प्यूठान शाखा, कालिका विकास केन्द्र र नेवाः खल प्यूठानलाई आयोजक बनाउने निर्णय गरेको छ ।
यस बैठकले सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक व्यवस्थापनका लागि विमला खनालको संयोजकत्वमा आयोजक संस्थाका एक÷एक प्रतिनिधि रहने गरी स्थानीय स्तरको मूल आयोजक समिति पनि गठन गरेको छ । यस बैठकले सञ्जय रिजालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सन्देश आचार्यको संयोजकत्वमा आर्थिक उपसमिति र जनता माविका प्रधानाध्यापक इन्द्रमणि पोखरेलको संयोजकत्वमा व्यवस्थापन उपसमिति पनि गठन गरेको छ ।


375 पटक हेरिएको 







